राष्ट्रपति पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा जनाइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् राष्ट्रियसभा र प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।
सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

समाचार