सोमबार राति १२ बजेदेखि संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसद्‌का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् राष्ट्रियसभा र प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले गर्ने प्रावधान छ ।

मुख्य समाचार राजनीति समाचार