सहकारी प्रकरणमा निर्दोष रहेको पुष्टि: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको पुष्टि भएको बताएका छन् ।
काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको बताएका हुन् ।
कार्यक्रममा उनले आफूलाई सहकारी ठग भन्न नमिल्ने भएपछि गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताए ।
सहकारी छानवीन विशेष समितिले गोरखा मिडियाका तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ।

 

मुख्य समाचार राजनीति समाचार