राजेन्द्र महतोद्वारा नयाँ पार्टीको घोषणा

लोसपा नेपालबाट अलग भएका राजेन्द्र महतोले नयाँ पार्टीको घोषणा गरेका छन् ।
गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेका महतोले मंगलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन् ।
राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने जनाएका छन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।
महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार