मकवानपुरमा मोबाइल किन्दा थाइल्याण्ड जान पाइने

नजिकिदैँ गरेका महानपर्वहरु विजयादशमी, दीपावली तथा छठपर्व लक्षित गर्दै मोवाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर)ले उपहार योजना  सार्वजनिक गरेको छ ।म्यान मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको हो । यस वर्ष दशै तिहारमा मकवानपुरमा मोवाईल खरिद तथा मोवाईल मर्मत गर्दा मोवाईल पसलबाट ग्राहकलाई कुपन प्रदान गरिने उपहार योजना कार्यक्रमका संयोजक एंव म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले बताएका छन्।  हामीले १२ लाख २३ हजार पाँच बराबरको पुरस्कारहरु प्रदान गर्दैछौं, संयोजक न्यौपानेले भने । असोज १ अर्थात आजैका दिनबाट उपहार योजना कार्यक्रम सुरुवात भएको घोषणा गर्दै ग्राहकहरुले अबदेखी मोवाईल खरिद तथा मर्मत गर्दा एउटा कुपन लिन न्यौपानेले आग्रह गरेका छन् ।

उपहारहरु ५ सय ३४ जनालाई प्रदान गरिने उनले बताए । हामीले बम्पर पुरस्कार १ जनालाई स्कुटर प्रदान गर्नेछौं भने एक जनालाई थाईल्याण्ड टुरप्याकेजमा सहभागिता जनाउने संयोजक न्यौपानेले बताए । पुरस्कारहरु इनफिनिक्स जिरो फोन एक जनालाई, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई र स्मार्ट फोन ११ जनालाई प्रदान गरिने संयोजक न्यौपानेले बताए । उपहार योजना कार्यक्रम मकवानपुर जिल्लाभित्र मात्र लागु रहनुका साथै मंसिर ५ गते सम्म यो योजना लागु रहने म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए ।

मुख्य समाचार समाचार समाज स्थानीय