सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ५६ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

अर्थ समाचार समाज स्थानीय