हेटौंडामा डेङ्गु सङ्क्रमण तीव्र,

हेटौंडा उपमहानगरपालिका भित्रमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । डेङ्गु संक्रमण बिशेषगरी हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, १०, ११ नम्बर वडामा धेरैनै रहेको पाइएको छ ।

यसको संक्रमणबाट धेरै बिरामी पर्ने गरेका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।

हेटौंडा अस्पतालमा डेङ्गु संक्रमणका बिरामीहरु धेरैनै रहेको चिकित्सकहरुले बताएका छन् । पहिलेको तुलनामा डेङ्गु संक्रमणका बिरामीहरु बढेका छन् । यसबाट साबधानी अपनाउनका लागि चिकित्सकहरुले सुझाब दिएका छन् ।

डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सकहरुले सुझाब दिएका छन् । गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तयाउनसक्छ ।

मुख्य समाचार समाचार समाज