खप्तड केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा बझाङ खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरूमा महसुस गरिएको थियो । 

यस अघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो । 

मुख्य समाचार समाचार समाज स्थानीय