नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला भरका संस्थागत तथा सामुदायिक गरी १०० बिधालयका प्रधानाध्यापकहरु सहभागी गोष्ठीले शैक्षिक संस्थामा रेडक्रसलाई अभियानको रूपमा संचालन गरि जुनियर/ युवा सर्कल गठन तथा पुनर्गठन गर्ने, जिल्ला स्तरिय जुनियर/ युवा कोष निर्माणका लागि एक जुनियर/ युवा १० रुपैयाँ सहयोग अभियान संचालन गर्ने, पालिका स्तरिय प्राथमिक उपचार तथा बिपद ब्यबस्थापन लगायतका विभिन्न तालिमहरु संचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला स्तरिय शिक्षक नायक गोष्ठी तथा शिक्षक भलिवल प्रतियोगिता संचालन गर्ने लगायतका ६ वटा बिषयमा महत्त्वपूर्ण छलफल भइ निर्णय गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री शिबहरि दाहालले जानकारी दिनुभयो ।

रेडक्रस मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितीका संयोजक शिबहरि दाहालको अध्यक्षता तथा बागमयी प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख ललित घलान एवं नेरेसो बागमति प्रदेश अध्यक्ष भोला रुपाखेतीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर शाखा सभापति लाल बहादुर थापा, शिक्षा बिकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरि, नेरेसो बागमती प्रदेशका सदस्य एवं जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा,प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदि, जिल्ला शाखाका मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष किशोर बर्तौला, उपकोकोषाध्यक्ष मंगल रखाल, सदस्य पिताम्बर बास्तोला, कृष्ण बहादुर सापकोटा, नारायण तिमल्सिना, इश्वर पन्डित, सुन्तलिमाया चेपाङ्ग, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, जिल्ला जुनियर/ युवा समितीका सदस्यहरु बालकुमार श्रेष्ठ, हिक्मत श्रेष्ठ, कृतिका लौडारी, बिष्णुहरि मिश्र, आमभन्ज्याङ्ग उपशाखाका सभापति नानिराम तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

मुख्य समाचार समाचार समाज