प्रधानमन्त्री ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गर्दै

 प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका भ्रमणमा निस्कदै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन ओली त्यता प्रस्थान गर्न लागेका हुन् । 
ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ मा ओलीले सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजनामा गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । 
अन्य विभिन्न छलफल र भेटघाटमा सहभागी भई ओली नेतृत्वको टोली असोज १४ गते स्वदेश फर्किने छ ।

मुख्य समाचार राजनीति समाचार