बयानका अधिकांश प्रश्नमा रविको जवाफ : मलाई जानकारी छैन (पूर्णपाठसहित)

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो।

भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए। भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ।

समितिले गोर्खा मिडिया प्रालि र त्यसका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग रातीसम्म ९ घन्टा बयान लिएको थियो। रवि लामिछानेसँग लिएको बयान प्रतिवेदनको पृष्ट ८३२ देखि ८४६ सम्म समावेश गरिएको छ। उक्त बयान लिने क्रममा अधिकांश समितिको प्रश्नमा रविले मलाई जानकारी छैन भनी जवाफ लिएको प्रतिवेदनमा उल्लेख छ।

समितिले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि मा रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि.को रू २ करोड पेश्की रकम मिति २०७८/०३/३१ मा फर्स्यौट भई सोही दिन तपाईं प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रा.लि. का सञ्चालक छविलाल जोशीका नाममा सोही रकमको ऋण लेखाइन भएको देखिन्छ। साझेदारी कम्पनीको ऋण एक जनामात्र सञ्चालकको नाममा किन कायम गर्नु/गराउनु भएको हो? खुलाइदिनुहोस् भनेर प्रश्न साेधेकाे थियाे।

तर जवाफमा रविले यसबारे मलाई जानकारी छैन भनेका छन्।

यस्तै,समितिले भूपेन्द्रबाबु राईको नाममा २०७७/०६/११, २०७८/०१/०५ र २०७८/०३/०४ मा ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रा.लि. मा पठाइएको ३ करोड ३० लाख २०७८/०३/३१ मा फर्स्यौट देखाई सोही रकमको नयाँ ऋण खडा गरी पुनः मिति २०७८/०६/१३ मा ५० लाख र २०७९/०२/०४ मा ३० लाख गरी जम्मा ८० लाख पेश्की रकम गोरखा मिडिया नेटवर्क प्रा.लि. मा लिएको देखिन्छ। उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा के-कुन आधारमा के-कुन प्रयोजनका लागि लिनुभएको थियो ? भनेर प्रश्न साेधेकाे थियाे।

तर जवाफमा रविले  भनेका छन,‘यस अगाडिको जवाफमा व्यक्तिको नाम मात्र फरक भएको देखिन्छ। सोही प्रश्नको उत्तर नै मेरो जवाफ हो। यसबारे मलाई जानकारी छैन।’

प्रश्न र जवाफको पूर्णपाठ

 

मुख्य समाचार राजनीति समाचार समाज