नेपाल र क्यानडा भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।

खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो।

आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो। शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन्।

यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ। सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ।

तालिकामा नेपाल ६ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ।

अन्तराष्ट्रिय खेलकुद समाचार स्थानीय