आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा शुरु हुने भएको हो ।
यसअघि  सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदानमा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।
नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

खेलकुद समाचार समाज