आजदेखि कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक १२ दिन बन्द हुने

हेटौंडा-काठमाडौं  छोटो दूरीको मार्ग वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक १२ दिन बन्द हुने भएको छ ।
ललितपुरको दक्षिणकाली नगरपालिकाले सोमबार सूचना जारी गर्दै आजदेखि १२ दिन सवारी आवागमन बन्द रहने जनाएको हो ।
दक्षिणकाली–छैमले खण्डमा कालोपत्रेको काम गर्न सवारी चापका कारणले कठिनाइ भएकाले असोज १९ गतेसम्म सवारी संचालनमा रोक लगाइएको जनाइएको छ ।
यो अवधीमा साधनलाई वैकल्पिक मार्गबाट संचालन गर्न समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई आग्रह गरिएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय