नवलपुरमा बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको राजस्थान तर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त बसमा करिब ४५ जना यात्रु सवार थिए । अन्य यात्रु भने सकुशल रहेका छन् ।

घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

समाचार समाज