फेरी सक्रिय बन्दै मनसुन, यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मनसुन फेरी सक्रिय बन्दै गएको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

त्यसको प्रभावले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ भने कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान हल्का वर्षा भइरहेको जनाइएको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ती क्षेत्रहरुमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

समाचार समाज स्थानीय