नेविसंघ बागमती गाउँपालिकाको अधिवेशन सम्पन्न

नेपला विद्यार्थी संघ (नेविसंघ) बागमती गाउँपालिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बुधबार बिहान सम्पन्न भएको हो ।

अधिवेशन नेविसंघ बागमती गाउँपालिका सभापती आशिष भ्लोनको अध्यक्षता तथा नेविसंघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेविसंघ मकवानपुरका सचिव सुनिल भोम्जन, हेटौंडा क्याम्पसका अध्यक्ष युवराज विस्वकर्मा, उपाध्यक्ष कुन्दन चौधरी, सदस्य सुरज बोलखेलगायतको सहभागिता रहेको थियो ।

उक्त अधिवेशनले बसन्त घोरसैनीको संयोजकत्वमा ५१ सदस्य नयाँ समिती गठन गरिएको छ ।

 

राजनीति समाचार समाज