अविरल वर्षाले जलमग्न बन्यो काठमाडौं उपत्यका

अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ। पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ। बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिक बेपत्ता भएका छन्।

 

 

उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ। मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन्। उपत्यकामै केही स्थानमा पुल बगेका छन्। मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध बनेको छ।

काठमाडौं उपत्यकासहित देशभर नै अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।

मुख्य समाचार समाचार समाज स्थानीय