वर्षाका कारण आन्तरिक उडान ठप्प

अविरल वर्षाका कारण आन्तरिकतर्फको हवाई सेवा ठप्प बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षा नरोकिएसम्मका लागि उडान स्थगित गरेको हो ।

 

 

प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गर्ने भनेकोमा निरन्तर वर्षा भइरहेपछि उडान पनि ठप्प रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

शुक्रबारका लागि तय भएका १५० आन्तरिकमध्ये ३९ वटा मात्र उडान भएका थिए । आज कुनै पनि आन्तरिक उडान हुन सकेको छैन भने अन्तर्राष्ट्रिय उडान र अवतरण जारी रहेको कार्यालयले जनाएको छ।

मुख्य समाचार समाचार समाज स्थानीय