सुनकोशीको बाढीले पक्की पुल बगायो

निरन्तरको वर्षाका कारण सुनकोशीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएको छ ।

शनिबार सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ ।

अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र जोखिममा परेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज