कोशी, बाग्मती, नारायणीलगायत मुख्य नदीका १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि

मुसलधारे वर्षाका कारण नदीहरुमा जलसतह बढेको छ । दिउँसोपछि पानी पर्नेक्रम कम भए पनि अझै विभिन्न नदीको १५ ठाउँमा जलसतह खतराको तहभन्दा माथि रहेको छ ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार बाग्मती नदी अन्तर्गत मनोहराले काठमाण्डौको बालकुमारीमा, हनुमन्तेले भक्तपुरको कौशलटारमा, बाग्मतीले ललितपुरको खोकनामा र कर्मैयाले रौतहटमा खतराको तह पार गरेको छ ।

यस्तै नारायणी नदीले चितवनमा र बारामा पसाहा खोलाले खतराको तह पार गरेको छ । यस्तै कोशी नदी अन्तर्गत धनकुटामा अरुण र तमोर, सिन्धुपाल्चोकमा भोटेकोशी, सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमा जलसतह खतराको तहभन्दा माथि छ ।

यस्तै सुनसरीमा सप्तकोशी, सर्दुखोला र बुद्धिखोलाले खतराको तह पार गरेको छ । यस्तै नारायणी, बाग्मती, कमला, कोशी कैशल्या लगायतका नदीहरु १३ भन्दा बढी ठाउँमा खतराको तह आसपासमा रहेका छन् ।

यसैबीच अत्याधिक वर्षाका कारण विभिन्न नदीका ७९ वटा जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ । रेड अलर्ट जारी भएका क्षेत्रमा ठूला साना सबैखाले नदी तथा खोलाहरुमा जुनसुकै बेला बाढी आउन सक्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । नारायणी नदीको पाल्पा, तनहुँ, चितवन, मकवानपुर, गोरखा, लमजुङ लगायतका जिल्लामा रहेका जलाधार क्षेत्रहरुमा रेड अलर्ट जारी भएको छ ।

यस्तै कोशीको खोटाङ, सुनसरी, धनकुटा, तेह्रथुम, इलाम लगायतका जिल्लामा रेड अलर्ट जारी भएको छ । बाग्मतीको सबैजसो जलाधार क्षेत्रमा रेड अलर्ट छ

मुख्य समाचार समाचार समाज