२ जना युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार

२ जना युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार गरिएकाे छ। सोमबार दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालकाे झण्डा अनि एन्फा अध्यक्षले एन्फाकाे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

अविरल बर्षाका कारण पहिराेमा परि ६ जनाले ज्यान गुमाएका थिए। पहिरोमा परेर दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।

जसमध्ये अनुपम, साइमन र विकलको शव हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको एन्फाले जनाएको छ। आदित्यको शव सर्लाहीको लालबन्दी पठाइएको एन्फाले जनाएको छ।

*२ हुनुपर्नेमा ६ भएकोमा क्षमा चाहन्छौं।- सम्पादक

 

मुख्य समाचार राजनीति समाचार