पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय गरेको हो ।

जसनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटेको छ ।

त्यस्तै, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम गरिएको छ ।

मुख्य समाचार समाचार समाज