हेटौंडाको वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला

हेटौंडा–१५ मा रहेको वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर घिमिरेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नंबर–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

कार्यक्रममा शिक्षा विकास महाशाखा, हेटौंडा उपमहानगरपालिकाका वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाको बिशेष आतिथ्यता रहेको थियो ।
भेलामा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले बितेको आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन चालु आर्थिक वर्षको यथार्थ आयव्याय र आउँदो आर्थिक वर्षको अनुमानित आयव्याय प्रस्तुत गर्नु भएको थियो ।

भौतिक प्रगति समिक्षा प्रतिवेदन र चालु शैक्षिक सत्र २०८१ को प्रस्तावित ४८ वटा योजनाहरू विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक एवं सूचना अधिकारी कुमार रुम्बाले प्रस्तुत गर्नु भएको थियो।

भेलामा प्रस्तुत सबै प्रतिवेदन केहि सुझावसहित सर्वसहमतबाट पारित भएका छन्। शिक्षक प्रतिनिधि सुशिला लामाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम भावना सापकोटाले सहजीकरणा गर्नुभएको थियो ।

भेलाको अवसरमा शैक्षिक सत्र २०८० मा कक्षा प्रथम, द्वितीय ,तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यालय प्रथम हुन सफल आसमान लामा लोप्चन, सरसफाइको विधातर्फ कक्षा १ की अश्णु तामाङ , अनुशासनतर्फ कक्षा ७ का अभिषेक थिङ र उच्च हाजिरी तर्फ कक्षा ७ की विन्दिया थिङ प्रशंसापत्रसहित सम्मानित भएका छन् । साथै उत्कृष्ट असल अभिभावकको रुपमा रिमनी लामा र दिपक लामालाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।

भेलाको अबसरमा यसै विद्यालयमा ३० वर्ष ४ महिना ८ दिन सेवा पूरा गरी अनिवार्य अवकास हुनु भएका शिक्षक उमा कुमारी ढुङ्गेललाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ। त्यसै गरी यस विद्यालयबाट अन्यत्र सरुवा तथा प्रगति भई जानु भएका शिक्षकहरू उमा कुमारी कोइराला, दिपु कुमार थापा, रत्न बहादुर स्याङ्तान, इश्वरी प्रसाद दाहाल र अनिल धमलालाई प्रशंसापत्रसहित फेरि फेटाउला कार्यक्रम गरिएको छ। यस भेला कै अवसरमा १ जना अपाङग सहित ११४ जना दलित तथा छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। यस भेलाबाट वबिता रानाको  अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ २ वर्षे कार्यकालका लागि गठन भएको छ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय