आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ ।
यसदिन नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढेर २६२३.५६ बिन्दुमा उक्लिएको हो ।
यस्तै, आज कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै, मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो ।
मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको जनाइएको छ ।