एमालेले राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढी–पहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राह कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

उपमहासचिव गुरुङका अनुसार, साथै बैठकले सांसदहरुको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने पनि निर्णय गरेको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर ठूलो धनजनको क्षति भएको छ ।

मुख्य समाचार राजनीति समाचार