इन्द्रसरोवरमा दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

हेटौंडा। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक बगाउदा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ ।

मंगलबार सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि ल्याइएका इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटारकी शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडक भत्किदा स्वास्थ्य चौकीमा प्रसुति गराउन सम्भव नभएपछि प्रशासनको समन्वयमा २ जना गर्भवती महिलालाई उद्धार गरी उपचारको लागी काठमाण्डौ पठाइएको जनाइएको हो ।

मुख्य समाचार समाचार समाज