बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु

एक साता अघि आएको अविरल वर्षाका कारण गएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २३९पुगेको छ ।

सो पहिरोमा पुरुष, महिला र बालबालिका गरी जम्मा २३९ जनाको मृत्यु भएको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनका अनुसार, अझै १९ जना बेपत्ता छन् भने घाइतेहरुको संख्या १६५ रहेको छ । घाइतेहरुको उपचार भइरहेको छ भने बेपत्ताहरुको खोजीकार्य जारी राखिएको प्रवक्ता तिवारीले बताए ।

यस्तै बाढी–पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको छ । तीमध्ये ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

बाढी–पहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा क्षति पुगेको छ । यातायातका साधन सहज रुपमा संचालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी रहेको पनि उनले बताए ।

मुख्य समाचार समाचार समाज