पेट्रोलमा १, डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढ्यो

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ र मट्टितेल र डिजेलमा ४ रुपैयाँ बढाएको हो ।

इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा बढेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाएको जनाएको हो । खाना पकाउने ग्यासको मूल्य र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाएको छ ।

 

FB_IMG_1729011873695-1729038497.jpg
मुख्य समाचार समाचार समाज