होटलको तेस्रो तलाबाट खसेर चर्चित गायक पायनेको निधन

विश्व चर्चित पप ब्यान्ड ‘वान डाइरेक्सन’का पूर्वसदस्य लियाम पायनेको निधन भएको छ। अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको तेस्रो तलाबाट खसेर ३१ वर्षको उमेरमा उनको निधन भएको हो ।

 

गायक पायनेले ह्यारी स्टाइल्स, जेन मलिक, नाइल होरान र लुइस टम्लिन्सनसँगै विघटित भएको पप ब्यान्ड वान डाइरेक्सनको सदस्यका रूपमा विश्वव्यापी प्रसिद्धि पाएका थिए।

मुख्य समाचार समाचार समाज