हेटौंडाको पल्पसा होटलमा मानन्धर मृत भेटिए

हेटौंडाको एक होटलमा पुरुष मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार अपरान्ह हेटौंडा वडा नम्बर २ मा रहेको पल्पसा प्याराडाईज होटलको तेस्रो तल्लाको कोठा नम्बर ४०५ मा बसेका एक पुरुष मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मृत अवस्थामा फेला परेका व्यक्ति काठमाडौं चावहिल बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

असोज २७ गतेदेखि निज व्यक्ति सोही होटलमा बस्दै आएको र फोन गर्दा नउठेपछि प्रहरी, जनप्रतिनिधिको रोहबरमा होटलको कोठा खोली हेर्दा मृत अवस्थामा फेला पारेको प्रवक्ता अर्यालले बताएका छन् ।निजी व्यक्तिको मामाघर हेटौंडा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव हेटौँडा अस्पतालमा राखिएको छ ।

 

मुख्य समाचार समाचार समाज