नवलपुर दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न

७ कार्तिक,हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, नवलपुरमा रहेको नवलपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष रमेश बर्तौलाको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेलको प्रमुख आतिथ्यता रहेकोे थियो भने वडा नम्बर ११ का वडाध्यक्ष जुना दाहाल तथा हेटौंडा उपमहानगरपालिका सहकारी विभाग प्रमुख हिम प्रसाद पौडेलको विशिस्ट आतिथ्यता रहेको थियो ।


भेलामा प्रमुख अतिथि लगायतका बक्ताहरुले दुग्ध सहकारीमा वर्तमान अवस्था, किसानका समस्या लगायत समसामयिक विषयमा चर्चा गरेका थिए ।


संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ४५ लाख ५ हजार रुपैयाँँको कारोबार गरेको छ भने २ करोड ८४ लाख ८० हजार रुपैयाँको दुधको कारोबार गरेको संस्थाका ब्यवस्थापक अनिरुद्र लुइँटेलले बताउनुभयो ।


भेलाकै अवसर पारी संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । जेष्ठ सदस्य सम्मान अन्तर्गत ७ जनालाई नगद ५ सय रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यसैगरी संस्थाले धेरै दुध बिक्री गर्ने ११ जना, गुणस्तर दुध बिक्री गर्ने ६ जना, संस्थामा नियमित दुध बिक्री गर्ने २ जना र टाढाबाट दुध बिक्री गर्न आउने २ जना गरी २१ जनालाई पुरस्कृत गरेको छ । पुरस्कार स्वरुप संस्थाले पशुहरुलाई खुवाउने पशु औषधि प्रदान गरेको थियो ।


भेलाले अर्जुन बर्तौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति तथा ओम प्रसाद पुडासैनीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ ।


संचालक समितिको उपाध्यक्षमा नारायण लामिछाने, सचीवमा शिला वाग्ले (उप्रेती), कोषाध्यक्षमा टेक प्रसाद न्यौपाने चयन भएका छन् । सदस्यहरुमा प्रल्हाद सापकोटा, पवित्रा चौरेल (ढकाल), रमेश बर्तौला, शान्ता लम्साल (हुमागाई), रमा पाण्डे, सिताराम सापकोटा र मिना सुवेदी चयन भएका छन् ।


त्यस्तै भेलाले लेखा समिति सदस्यहरुमा मधुसूदन अर्याल र अप्सरा कार्कीलाई चयन गरिएको ब्यवस्थापक लुइँटेलले जानकारी दिनुभएको छ ।

समाचार सहकारी