चाैघडा सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा सामुदायिक  सिकाई  केन्द्रकाे नवाै वार्षिक  साधारणसभा  शुक्रवार  सम्पन्न  भएकाे छ । हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम केन्द्रका अध्यक्ष  श्रीराम पुडासैनीकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो।

साधारणसभामा केन्द्रकी सहजकर्ता  नानी माया रुम्बाले केन्द्रकाे संस्थागत र आर्थिक  प्रतिवेदन पेश गरेकि थिईन । कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, रानी सामुदायिक  वनका अध्यक्ष  विष्णुप्रसाद  न्याैपाने, बंशगाेपाल मावि ब्यवस्थापन  समिति अध्यक्ष  कृष्णप्रसाद  दाहाल, रक्षादेवी टाेल विकास संस्था अध्यक्ष  केशव प्रसाद काेईराला, रक्षादेवी आमा सचेतना समूह अध्यक्ष  भवानी चाैलागाई, सञ्चारकर्मी  भीमसेन पाैडेल लगायतकाे आतिथ्यता रहेकाे  थियाे ।केन्द्रले महिलाहरुलाई सीप सिकाई आतणमनिर्भर बनाउनुकाे साथै शैक्षिक  क्षेत्रमा समेत काम गर्दै आएकाे सिकाई केन्द्रकि सदस्य पवित्रा रुम्बाले बताईन ।

मुख्य समाचार समाचार समाज