खबरदारीमा उत्रियो माओवादी, प्रचण्डले सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रले काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभाका लागि ‍र्‍याली निकाल्न सुरु भएको छ। उपत्यकाका विभिन्न चोक र गल्लीहरूबाट र्‍याली सुरु भएको हो।

माओवादीले बिहान ११ बजेबाटै काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू पार्टीले निर्देशन दिएको थियो। र्‍याली बाजा, झाँकीसहित सुरु हुने जुलुस रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुनेछ।

खबरदारीसभामा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुने माओवादीले जनाएको छ। सभाको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।  केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो।

 

मुख्य समाचार राजनीति समाचार समाज