नेपाली सेनाका सिपाही अवैध पेस्तोलसहित पक्राउ

नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौं-१६ बस्ने २५ वर्षीय अनिल खड्का छन् । उनको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सूचनाका आधारमा खड्कालाई शनिबार राति ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मुख्य समाचार समाचार समाज