एयर इण्डियाको विमानमा शंकास्पद बस्तु फेला परेन

बमक‍ो सूचना आएको एयर इण्डियाको विमानमा शंकास्पद बस्तु फेला नपरेको जनाइएको छ।
विमानमा विष्फोटक पदार्थ रहेको सूचनापछि सुरक्षा निकायले विमान चेकजाँच गरेका थिए। चेकजाँचमा कुनै पनि शंकास्पद बस्तु फेला नपरेको विमानस्थल प्रहरीले जनाएको छ ।
१५८ यात्रुमध्ये केही यात्रु विमानभित्र प्रवेश गरिसकेपछि विमानमा बम रहेको सूचना आएपछि विमान जाँच गरिएको थियो ।
केही दिनअघि भिस्तारा एयरको जहाजमा पनि बम रहेको हल्ला चलेको थियो। तर त्यसमा पनि शंकास्पद बस्तु फेला परेको थिएन ।

मुख्य समाचार समाचार समाज