देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार नाघेको छ भने संक्रमणका कारण १२ जनाको मृत्यु छ ।

पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका अनुसार, डेंगु संक्रमित फेला पर्नेमा सबैभन्दा बढी गण्डकी प्रदेशमा रहेका छन् । त्यहाँ हालसम्म १३ हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सबैभन्दा कम डेंगु संक्रमित कर्णाली प्रदेशमा भेटिएका छन् । त्यहाँ ३ सय १९ जना डेंगु सङ्क्रमित भएका हुन् ।

यसैगरी, कोशी प्रदेशमा १ हजार ७४२ जना, मधेस प्रदेशमा ४८७ जना, बागमती प्रदेशमा ९ हजार १३२ जना, लुम्बिनीमा १ हजार ४ सय ४५ जना र सुदूरपश्चिममा १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

उक्त तथ्याङ्क गत माघ दोस्रो साता यताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रतिका बिरामी भेटिएको ईडीसीडीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य