अर्घाखाँचीमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ। आज बिहान थप सातजना उपचारका लागि अर्घाखाँची अस्पताल पुगेको प्रहरीले जनाएको छ।

 

 

सन्धिखर्क नगरपालिका-१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए। प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताए। उनीहरू सबैको अवस्था सामान्य छ। आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए।

बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ। अर्घाखाँची हस्पिटलमा एकजनाको उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए। दुई जना उपचारपछि निको भएर घरमा फर्किएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

मुख्य समाचार समाचार समाज