हेटौंडामा तिहारको किनमेल चटारोः सस्तो सामान खोज्दै उपभोक्ता, महगोमा बिक्री गर्दै व्यापारी

तिहार सुरु भएपछी मकवानपुरको सदरमुकाम हेटौंडा बजारमा सामान खरिद गर्नेहरुको भिड थेगिनसक्नु छ । हेटौंडाको संगमचोकमा राखिएको फुटपाथमा होसया मेनरोड, रोपतीरोड, कान्तिराजपथका पसलमा उपभोक्ताहरुको बिहानै देखि भिड लागेको छ ।

मकवानपुरका उपभोक्ताहरु कहाँ सामान सस्तो पाइन्छ भनेर खोजीरहेका छन् भने व्यापारीहरु भने उपभहोक्तालाई कसरी कुन् सामान महगोमा बिक्री गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेका छन् ।

हेटौंडाको मुख्य व्यापारिकक क्षेत्रमा तिहारको किनमेल गर्नेको भीड बढेको हो।  विशेष गरी तिहारका लागि आवश्यक पर्ने माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल गर्नेले बजार भरिभराउ देखिएको छ।

हेटौंडाको संगमचोक, बुद्धचोक, राप्तीरोड, सीमाचोक लगगाएतका स्थानहरूमा तिहारको किनमेल गर्नेको भीड बढेको हो।

फूल र बत्तीको पर्व तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने मान्यता रहेकाले यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो खान दिएर काग तिहार मनाइँदै छ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज