मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट हजुरआमाको मृत्यु, नाती घाइते

मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार अपरान्ह धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती – ४ हरामिटोलमा हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको बागमती प्र.०३-००४प ७२७६ नम्बरको स्कुटरले ठक्कर दिदा बाटो कट्दै गरेका पैदल यात्रुको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जनाएका छन् । उक्त स्कुटरले पैदैल यात्री बागमती गाउँपालिका ४ बस्ने वर्ष ४८ की गंगा पहरी र सोही स्थानका ५ वर्षीय अनुप पहरीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते गंगाको उपचारको क्रममा सिएमसी चुरेहिल अस्पतालमा ज्यान गएको जनाइएको छ ।अर्का घाइते बालकको उपचार भइरहेको जनाइएको छ। मृतक गंगा हजुरआमा र घाइते अनुप नाती रहेको जनाइएको छ। ठक्कर दिने स्कुटर र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

समाचार समाज स्थानीय