रवि र छविलाई अदालत पेश गराइने

सहकारीको रकम ठगीको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ ।
म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो ।
प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा बयान लिइरहेको छ। उनलाई आज म्याद थपका लागि तेस्रो पटक अदालत उपस्थित गराइँदै छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित गराइदिन पत्राचार गरेकाले म्याद थपपछि पठाउने कास्की प्रहरीको तयारी छ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज अदालतमा पेश गरिनेछ ।

 

मुख्य समाचार राजनीति समाचार समाज