यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज कोशी, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ती क्षेत्रहरुमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

समाचार समाज