तोलमा २८ सयले घट्यो सुनको मूल्य

तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला  १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको छ ।

अर्थ समाचार समाज