नेपाल लाइफले हेटौंडामा किन्यो १७ करोड ८९ लाखको घरजग्गा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १४ गते बिहीबार १७ करोड ८९ लाख रुपियाँको जग्गा र भवन खरिद गरेको छ ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम हेटौंडा ४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको भवनसहितको ६० धुर क्षेत्रफलको जग्गा रु. १७ करोड १० लाख र रजिष्ट्रेशन शुल्क रु. ७९ लाख ५१ ह्जार ५ सयमा खरिद गरेको कम्पनी सचिव विनोद भुजेलले जनाएका छन् ।

 

 

उक्त भवन र जग्गा कम्पनीको व्यवसायिक एवम् कार्यालय प्रयोजनका लागि प्रयोज गरिने कम्पनी सचिव भुजेलले उल्लेख गरे ।

मुख्य समाचार समाचार समाज