पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई जहाजबाट काठमाडौं ल्याइयो

नेपाली नागरिकलाई अवैध तरिकाले जापान पठाउने गिरोहमा संलग्‍न रहेको आरोपमा विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ।

उनलाई थप अनुसन्धानका लागि हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो। अधिकारीलाई प्रहरीले आजै विराटनगरबाट पक्राउ गरेको थियो।

प्रहरीको नियन्त्रणमा परिसकेपछि पूर्वमन्त्री अधिकारीले विराटनगरमा  पत्रकारसँग आफू प्रहरीलाई सहयोग गर्न काठमाडौं हिँडेको प्रतिक्रिया दिएका थिए। ‘

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमरियाको नेतृत्वमा अधिकारीलाई नियन्त्रणमा लिइएको थियो।

 

मुख्य समाचार राजनीति समाचार