दुग्ध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरता सम्बन्धि तालिम



०५,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४, कालिखोलामा संचालन भएको ३ दिने तालिमको बुधबार समापन गरिएको छ । तालिममा दुध ब्यवसायीहरुका लागि जलवायु-सहनसिल अभ्यास तथा बित्तिय साक्षरताका बारेमा प्रशिक्षण तथा छलफल गरिएको थियो । केन्द्रिय दुध सहकारी संघ लि. नेपाल र एलोइ प्रा.लि. को आर्थिक सहयोग तथा संयोजनमा कार्यक्रम भएको हो ।

दुग्ध उत्पादक किसानहरुलाई तालिम मार्फत पशुपालन ब्यवसायलाई जलवायुमैत्री बनाई जलवायु अनुकुलन र न्यूनीकरण अभ्यास मार्फत पशुपालन ब्यवसायलाई सुदृढ बनाई बढी भन्दा बढी लाभान्वित गराई जिविकोपार्जन र जिवनस्तर उकास्न यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने उदेश्य राखिएको छ ।

त्यस्तै वित्तीय साक्षरता मार्फत दुग्ध उत्पादक कृषकहरूलाई वित्तीय ब्यवस्थापनमा सहज हुने बताइएको छ ।

तालिममा डेरी विज्ञ डाक्टर विनोद प्रसाद गुप्ता, एलोइका प्रतिनिधि सिम्रन दाहालले तालिमको सहजीकरण गर्नुभएको केन्द्रिय दुग्ध सहकारी संघका ब्यवस्थापक श्रीहरि दाहालले जानकारी दिनुभयो ।


५० जना कृषकहरूको सहभागिता रहेको तालिमको बुधबार बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, संस्थाका संचालक समिति, लेखा समिति, संस्थाका पुर्व अध्यक्षहरु लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विक्रम योन्जनको सभाध्यक्षतामा भएको थियो ।



के हो त एलोइ ?

एलोइ प्रा. लि. एउटा वित्तीय प्रविधि युक्त प्ल्याटफर्म हो जसले वित्तीय संस्थाहरुले प्रदान गरेको ऋणहरुलाई डिजिटाइजेसन गरी वास्तविक समयमा उक्त ऋणहरुको सदुपयोगिताको परीक्षण गर्न सहयोग पुर्याउनका लागि डिजिटल टोकनहरू प्रयोग गर्दछ ।

देशका ग्रामीण तथा लघुउद्यमीहरुलाई डिजिटल वित्तीय सुविधा उपलब्ध गराउनुका लागि विभिन्न वित्तीय संस्थाहरूसँग समन्वय गर्दै एलोइले मुख्यतया कृषि र विद्युतीय सवारी साधन क्षेत्रका लघुउद्यमीहरूलाई सहज जीबिकोपार्जनका लागि लगानी गर्न प्रेरित गरिरहेको छ ।

एलोइको सफ्टवेयरको मुख्य विशेषताहरु :

समर्पित ऋण अनुगमन, ऋण चुक्ता व्यवस्थापन, भुक्तानी ट्र्याकिङ

एलोइले मुख्य त दुई क्षेत्रमा काम गर्छ :

विद्युतिय सवारी साधन लगानी र कृषि तथा साना मझौला व्यवसायीक लगानी

डेरी मूल्य शृंखला :

‘डेरी भ्यालु चेन’ मा दुग्ध किसानहरूलाई वित्तीय पहुँच र भुक्तानी ट्र्याक गर्न डिजिटल प्रबिधि मार्फत सहयोग पुर्याउँदै आएको छ। दुग्ध सहकारीसँग मिलेर डिजिटल प्रबिधि अपनाएर किसानहरूलाई आवश्यक वित्तीय पहुँच र क्षमता अभिवृद्धि कार्यक्रमहरू उपलब्ध गराउँँदै आएको छ। यस पहलले दुग्ध व्यवसायमा पारदर्शिता, उत्पादनशीलता, र साना किसानहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउँछ।

कार्य क्षेत्रहरू :

तालिम, दुग्ध ब्यवसायमा जलवायु परिवर्तनको असर र उपाय, वित्तीय साक्षरता, वित्तीय पहुँच,विभिन्न बैंक तथा वित्तीय, संस्थाहरूसँग सहकार्य, सजिलो ऋण प्रक्रिया, विक्रेता पहुँच, पशुधनको खरिद गर्न, अन्य कृषी सामग्री खरिद गर्न, सजिलो लेनदेन, बजार पहुँच, दूध बिक्रेताको पहुँच र विभिन्न संग्स्था बजारहरूसँगको पहुँच

एलोईसँग काम गर्दाका फाईदाहरु :

दुग्ध सहकारीलाई विभिन्न दूध बिक्रेताको पहुँच पुर्याउँने, बित्त लगानीमा पहुँच, डिजिटल प्रविधि जडान गरी संस्थामा आबद्ध किसानहरूको डिजिटल आय रेकर्ड राख्ने, वास्तविक समयमा ऋण र भुक्तानीको निगरानी, दैनिक दूधको संकलनमा वृद्धि गर्ने, दुग्ध किसानहरुलाई आम्दानीको डिजिटल रिपोर्ट निकाल्न सकिन्छ, वित्तीय अवस्थाको विवरण निकाल्न सहयोग पुर्याउँछ र किसानहरूलाई ऋण प्रवाह गरेर कृषि व्यवसायमा योगदान पुर्याउँछ ।

मुख्य समाचार मुख्य समाचार (flash news) विज्ञान प्रविधि शिक्षा समाचार