रवि लामिछानेलाई अदालत पुर्‍याइयो

कास्की : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिए लगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको हो।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

मुख्य समाचार राजनीति समाचार समाज