रास्वपाका सांसदविरुद्ध दायर मुद्धामा प्रमाण पेश गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्धामा सर्वोच्च अदालतले प्रमाण पेश गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले मंगलबार रिट निवेदकलाई आरोपसँग सम्बन्धित प्रमाण पेश गर्न आदेश दिएको हो ।
संघीय संसद्‍का रास्वपाका २० सांसदहरूविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्धा दायर गरेका थिए ।
अधिवक्ता भट्टराईले अनुसन्धानको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति, आन्दोलन र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित सर्वोच्चमा अवहेलना मुद्धा दायर थिए ।

मुख्य समाचार राजनीति समाचार समाज