चिसो बढेसँगै बिरामीको चाप बढ्दो

पछिल्लो केही दिनयता चिसो बढेसँगै हेटौंडासहित मकवानपुरको विभिन्न स्थानमा बिरामीको चाप बढ्दो छ ।

चिसोका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको हेटौंडा अस्पताल, सीएमसी चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको छ ।

शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको हेटौंडा अस्पतालका निमित्त निर्देशक डा. रामचन्द्र सापकोटाले बताए ।

यस्तै, जिल्लाको भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पतालसहित ग्रामीण भेगका अस्पतालमा पनि रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताए ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य