मकवानपुरको हेटौंडामा घरको दुई तला माथिबाट खसेर बिहीबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा–१३, पदमपोखरीका ४१ वर्षीय सविन दुलाल रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहीबार दिउँसो ३ बजेको समयमा हेटौंडा–४, नेपालचाृकस्थित युवराज विडारीको घरमा काम गर्ने (जस्ता लगाउने) क्रममा एक्कासी खसेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपश्चान उनलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा बिहीबार साँझै मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।